प्रदीप ज्ञवालीको प्रश्न- विप्लवलाई पक्राउ पुर्जी जारी गरेर सरकारको बुथ क्याप्चर गर्ने योजना त होइन ?
  • मूलधार

काठमाडाैं  । नेकपा एमालेका सांसद प्रदिप ज्ञवालीले नेत्र विक्रम चन्दका पार्टीका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेर सरकारले चुनावमा बुथ क्याप्चर गर्ने योजनाको त बनाइरहेको छैन भन्दै प्रश्न गरेका छन्।

उनले आइतबार प्रतिनिधिसभाको बैठकमा भने, ‘पक्राउ पुर्नी जारी गरेर बम पड्काउन जाउँ भन्न लागेको त होइन। की सरकारलाई कतै यो लागिरहेको छ, चुनावका बेलामा दुईचार ठाउँ बम पड्काएर विप्लवको थाप्लोमा हालेर बुथ क्याप्चर गर्नका लागि त होइन।’

ज्ञवालीले हिंसाको बाटोमा हिडिरहका उहाँहरुलाई बढो महत्व र मिहिनेतका साथ शान्तिपुर्ण बाटो ल्याएको भन्दै धन्यवाद दिनुको साटो पक्राउ पुर्जी जारी गर्ने कुराको कुनै औचित्य हुन्छ र? भन्दै प्रश्न गरे।

  • August 7, 2022 प्रकाशित
  • सम्बन्धित