हर्क साम्पाङको श्रम अभियानमा ऐक्यवद्धता जनाउन धरान जाँदै सुदन किराती
  • मूलधार

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सुदन किराती धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले चलाइरहेको श्रम अभियानमा ऐक्वद्धता जनाउन भोलि (शनिबार) धरान जाने भएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साम्पाङले चलाइरहेको श्रम अभियानमा जोडिन शनिबार धरान जाने जानकारी दिएका हुन् ।

मेयर साम्पाङ मेयरको सपथ ग्रहण गरेपछि प्रत्येक शनिबार श्रम अभियान चलाउदै आएका छन् । मेयर साम्पाङ कहिले वृक्षरोपण, कहिले खानेपानीको मुहान पहिचानसँगै विविध कार्यक्रममा सहभागी हुँदै आएका छन् । धरानेवासीले मात्र नभई देशवासी सबैले मेयर साम्पाङको कामको तारिफ गरिरहेका छन् ।

यहिँ शिलशिलामा सांसद किराती पनि श्रम अभियानमा जोडिन शनिबार धरान जाँदैछन् । सांसद किरातीले उक्त श्रम अभियानमा सम्पूर्ण धरानेवासीसँग भेट गर्ने भनेका छन् ।

उनले फेसबुकमा भनेका छन्, ‘म पनि धरान श्रम गर्न आउँदैछु । श्रमले नै मातृभूमि सजाउँ, श्रम गर्ने संस्कृति स्थापित गरौं । मेयर हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरले संचालन गरिरहेको श्रम अभियानमा म पनि सहभागी भएर ऐक्यवद्धता जनाउन आउँदैछु । धरानवासी महान जनसमुदायलाई भोलि शनिवार कामको मैदानमा नै भेटनेछु । भ्रष्टाचारको बिरुद्ध निर्मम बनौं, बिकासलाई युद्धको रुपमा घोषणा गरौं ।’

भोलि धरान उपमहारगरमा वृक्षरोपण कार्यक्रम रहेको छ । वृक्षरोपणका लागि काभ्रेपलान्चोक पनौती १ बाट गोबिन्द प्रसाद तिम्सिनाले १२५ वटा फलफूलका विरुवा धरान पठाइदिएका छन् । तिम्सिनाको यस उद्धार हृदयप्रति मेयर साम्पाङले हृदयदेखि धन्यवाद ज्ञापन गरेका छन् ।

मेयर साम्पाङले लेखेका छन्, ‘भोलि बिहान ७ बजेको हाम्रो वृहत वृक्ष रोपन कार्यक्रममा गोबिन्द प्रसाद तिम्सिना बिन्दबासिनी कृषी फारम काभ्रेपलान्चोक पनौती १ बाट १२५ वटा फलफूलका विरुवा पठाइदिनु भएकोछ ! धन्यवाद !’

  • August 5, 2022 प्रकाशित
  • सम्बन्धित