सञ्जिवसँग ‘ब्रेकअप’ दिँदै मेलिनाले भनिन्– ‘सँगै जीवन बिताउने सोच थियो, विचार मिलेन’
  • मूलधार

काठमाडौं । ‘इन्गेजमेन्ट’ पछि बिहेको तयारीमा रहेका गायिका मेलिना राई र गितारिष्ट सञ्जिव बराइलीबीच विवाह नै नगरी ‘ब्रेकअप’ भएको छ । केही महिनाअघि मात्र ‘इन्गेजमेन्ट’ गरेको उनीहरुबीच मतभेद देखिन थालेपछि ब्रेकअप गरेको मेलिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन् ।

मेलिनाले आफूहरुबीचमा बैचारिक मतभेद देखिएको र विचार नमिलेका कारण ब्रेकअप गरेको भनेकी छन् । साथै, धेरै समीक्षा, आत्मा समीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन भएको निष्कर्षमा पुगेको पनि फेसबुकमा भनेकी छन् ।

उनले लेखेकी छन्, ‘समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’

मेलिनाले विगतमा भविष्यमा सँगै जीवन बिताउने सोचसतिह ‘इन्गेजमेन्ट’ गरेको र त्यो आफ्नो गम्भीर निर्णय रहेको पनि उल्लेख गरेकी छन् । ‘केही समय अगाडी मैले आफ्नो गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो,’ उनले भनेकी छन् ।

याे पनि :

  • August 5, 2022 प्रकाशित
  • सम्बन्धित