एकैदिन ९१२ जनामा कोरोना संक्रमण, एकको मृत्यु
  • मूलधार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एकैदिन थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ हजार ९४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २९ जना र ३ हजार ५५० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । शुक्रबार थप संक्रमितको संख्यासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ३३ हजार ५५२५ पुगेको छ । २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ७६० जना कोरोनाका सक्रिय संक्रमितहरु आइसोलेशनमा उपचाररत रहेका छन् । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७० पुगेको छ भने कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ९ लाख ७१ हजार ६२० रहेको मन्त्रालयले जनाएको छ ।

  • August 5, 2022 प्रकाशित
  • सम्बन्धित