काठमाडौं । आगामी निर्वाचनमा गठबन्धनै गरेर जान सत्तारुढ पाँच दली सहमत भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा चुनावी तालमेलको सहमति जुटाएको हो ।
बैठकमा सहभागी नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग भने, ‘४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गर्यो ।’
गठबन्धनले भदौ पहिलो साताभित्र १६५ निर्वाचन क्षेत्रको भागबण्डा मिलाउने भएको छ । सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत बनेको छ ।
सअघि काँग्रेसले ९५ देखि १०० सिट आफुले पाउनुपर्ने बताउदै आएको छ भने माओवादी केन्द्रले ५० माथि दावी गर्दै आएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी २० र जनता समाजवादीले १५ देखि २० सिटमा दावी गर्ने नेताहरुले बताउदै आएका छन् ।