नागपोखरीको होटेल अरण्यबाट ६ लाख घुससहित उपसचिव नेपाल रंगे हात पक्राउ
  • मूलधार

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित रंगे हात पक्राउ परेका छन् । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले ६ लाख घुससहित नेपाललाई नक्साल, नागपोखरीस्थित होटेल अरण्यको कम्पाण्डबाटबाट रंगेहात पक्राउ गरेको हो ।

पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको उजुरी परेपछि अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको छ । उपसचिव नेपालमाथि प्याराग्लाइडिङको लाइसेन्स दिएबापत घुस लिएको आरोप छ ।

 

  • August 2, 2022 प्रकाशित
  • सम्बन्धित