एकैदिन ८१४ जनामा कोरोना संक्रमण
  • मूलधार

काठमाडौं । पछिल्लो २४ घण्टामा एकैदिन थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४१५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ हजार ७६२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ९ जना र २ हजार ६५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३०५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार ९३८ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६८ रहेको छ ।

  • August 2, 2022 प्रकाशित
  • सम्बन्धित