एसईई पछि के पढ्ने ?
  • सागर श्री लिम्बू

भनिन्छ- के कर्म  गर्छौँ भन्दा पनि के निणर्य गर्छौँ, त्यो महत्वपूर्ण हुन्छ । ठीक समयमा गरिएको ठीक निर्णयले सफलता अवश्य ल्याउछ । शुरुमै गलत निर्णय गरियो भने बाँँकी समय कठिन हुने निश्चित छ ।

एसईई उत्तिर्ण पश्चात के पढने निकै संवेदनशिल र महत्वपूर्ण प्रश्न हो । विद्यालय तहबाट विषयगत स्तर तिर बाटो छुट्टने भएकाले सोच विचार गरेर निर्णय लिनुपर्छ । नत्र भविष्यमा पछुताउनु पर्छ । परिवार, शिक्षक तथा साथीभाईको दबाव वा प्रभावमा परेर निणर्य लिनुहुन्न ।

आफ्नो बौद्धिक, आर्थिक तथा मानसिक सार्मथ्य र रुचिलाई आधार मानेर निणर्य लिनुपर्छ । तपाईलाई चाँडै रोजगार चाहिएको छ भने प्राविधिक विषय पढनुहोस् । प्राविधिक विषय छोटो अवधिको सिपयुक्त हुने हुनाले बजारमा सजिलै रोजगार पाइन्छ । होटल म्यानेजमेण्ट, टुरिजम आकर्षक विषय हुनसक्छ । कुन विषय पढ्दा के भइन्छ भन्ने कुनै जिज्ञासा भए ईन्टरनेटको सहयोग लिनसकिन्छ ।

तर विज्ञान पढे टयालेन्ट कहलाइन्छ, स्कोप छ अरुमा स्कोप छैन जस्ता काइते तर्कमा फस्नु हुँदैन । स्कोप नभएको कुनैपनि विषय हुँदैन वस् तपाईसँग उक्त विषयप्रति लगाव हुनुप¥यो । त्यसैले भविष्यमा म के बन्ने हो, मेरो लगाव के हो भन्ने प्रश्नलाई बारम्बार आफैसँग सोध्नुहोस । उत्तर जे आउछ त्यही विषय पढनुहोस् ।

याद गर्नुहोस् तपाईँ भीडमा हराउन जाने हैन भीडभन्दा पृथक बन्ने हो । आफ्नो विषयको विषेज्ञ बन्ने उद्धेश्य राख्नुपर्छ । उदाहरणका लागि तपाईंलाई साहित्यमा रुचि छ तर परिवारले विज्ञान पढ्न दबाव दिँदैछन् भने अस्वीकार गर्नुहोस् र आफ्नो प्यासनलाई पछयाउनुहोस् । आजका दिनमा कठिन निर्णय भएतापनि दश वर्षपछि तपाईंले लिनुभएको नियर्ण सहि भएको पाउँदा आफैप्रति गर्वको महशुस गर्नुहुनेछ ।

जे पढेपनि कलेजको पढाईसँगै विभिन्न सिर्जनशलि सीप सिकिहाल्नुहोस् । कलेजको कितावी ज्ञानमा मात्र सीमित नहुनुहोस् । कम्प्युटरमा पोख्त हुनुहोस् । वाककल, पब्लिक कम्युनिकेशन सबैले सिक्नै पर्छ । आत्मविश्वासको कला छुटाउनै हुँदैन । सर्टिफिकेट र ज्ञान अनि सिपलाई सँसगै लिएर जानुपर्छ ।

लेखक धरान आर्दशका शिक्षक हुन् ।

  • August 2, 2022 प्रकाशित
  • सम्बन्धित