काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसाल घटनामा मृतक चारै जनाको शव उठाइएको छ । स्थानीयवासीले पोस्टमार्टमका लागि शव उठाउन खोज्दा अवरोध गरे पनि प्रहरीले एकै परिवारका चार जनाको शव उठाएर पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ।
मृतक चारै जनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिने छ । सोमबार स्थायी घर गोरखाको भीमसेन थापा गाउँपालिका– ६ भई हाल काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका थिए ।
याे पनि :