काभ्रेस्थली घटना : श्रीमतीमाथि दिनेशको शंकाले निम्त्याएको डरलाग्दो घटना
  • मूलधार

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित काभ्रेस्थली, पदमसालमा घटेको घटना पारिवारिक विवादपछि निम्तिएको पाइएको छ । प्रहरीले विवादपछि सुरुमा परिवारको अनि दिनेशले आत्मत्या गरेको निष्कर्ष निकालेको छ ।

सोमबार बिहान ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक विभत्स अवस्थामा मृत भेटिएका थिए ।

प्रहरीका अनुसार घटनास्थलमा सुसाइड नोट समेत भेटिएको छ। तर, उक्त सुसाइड नोटमा के उल्लेख छ भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन।

पारिवारिक कलहपछि सुनिता बेलायत जाने तयारी थिइन् । उनको भिसा पनि आइसकेको थियो । दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि मात्र नेपाल फर्किएका थिए । नेपाल आएपछि दिनेशले इलेक्ट्रोनिक्ससम्बन्धी काममा व्यस्त थिए भने सुनिता फेन्सी पसल चलाउदै आएकी थिइन् ।

त्यहाँका स्थानीयहरुका अनुसार यसअघि पनि दुईबीचमा पटक पटक झगडा हुने गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पारिवारिक झगडाकै कारण दिनेशले घर बेच्न खोजेका थिए । तर, दिनेशले घर बेच्ने कुरा गरेपछि सुनिताले आपत्ति जनाएकी थिइन् । यत्तिकै दिनेशले सुनितालाई थाहै नदिइ १० लाख लिएर घर बैना गरेका थिए । बैनासँगै दिनेशले घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको पनि अनुसन्धानमा खुलेको छ ।

श्रीमतीमाथि शंकाले निम्तेको घटना

दिनेशले आफ्नी श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको पटकपटक झगडा गर्दै आएका थिए । तर, उनकी श्रीमती भने श्रीमानको आरोप होइन भन्दै आएकी थिइन् । तैपनि श्रीमानले सुनितालाई परपुरुषससँग सम्बन्ध रहेको विवाद झिक्न नछाडेपछि पाण्डे दम्पतीबीचको विवाद बालाजु प्रहरी वृत्तसम्म पुगेको थियो । प्रहरी वृत्तमा पुगेर टुंगिदै, फेरि ब्युँझिदै गरेको पनि प्रहरीले अनुसन्धानमा प्रमाण फेला पारेको छ । दुईबीचको झगडा तीनपटकसम्म प्रहरी कार्यालयमा पुगेर मिलापत्र भएको तथ्यांक पनि भेटिएको छ ।

यसरी थाहा भयो घटना…

दिनेशकी छोरी आर्मी स्कुलमा पढ्ने गर्थिन् । सोमबार आशिका स्कुल बस घरमा लिन आउँदा पनि नआएपछि बसका चालकसहित विद्यार्थीहरू उनलाई बोलाउन घरमै गएका थिए । तर, घरको ढोका बन्द र सुनसान थियो । पछि केही भएको पो हो कि भन्दै झ्यालबाट भित्र चियाउँदा सबैको शव ओछ्यान र भुइँमा देखिएपछि छिमेकीसँग मिलेर उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी आएपछि ढोका फोडेर भित्र पस्दा सुनिताहित छोरा र छोरीको पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेर हत्या गरिएको थियो भने दिनेश पनि मृत अवस्थामा भेटिएका थिए । प्रहरीले अनुसन्धानका क्रममा दिनेशले पहिले परिवारको हत्या गरेर आफूले पनि आत्महत्या गरेको निष्कर्ष निकालेको छ ।

बेलायत उड्न लागेकी थिइन् सुनिता

सम्पत्ति र पारिवारिक कलह बढ्न थालेपछि माइती पक्षले सुनितालाई बेलायत पठाउने निर्णय गरेको थियो र सुनिताको बेलायतको भिसा पनि आइसकेको प्रहरीको अनुसन्धानमा खुलेको छ। तर, सुनिता बेलायत उड्ने तयारीमा रहँदै परिवार नै सखाप बनेको छ ।

याे पनि :

 

 

  • August 1, 2022 प्रकाशित
  • सम्बन्धित