अर्थमन्त्रीमा पुनः नियुक्त भएका शर्माले लिए सपथ
  • मूलधार

काठमाडौं । पुनः अर्थमन्त्रीमा नियुक्त भएका जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा अर्थमन्त्री शर्मालाई शपथ खुवाएकी हुन् ।

बजेट बनाउँदा बिचौलिया प्रवेश गराइएको आरोपपछि पदबाट राजीनामा दिएका शर्मामाथि संसदको विशेष छानबिन समितिले अनुसन्धान गरेको थियो । छानबिनका क्रममा आरोपअनुसार बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी नभएको पाइएको समितिले प्रतिवेदन बुझाएको छ ।

शर्मामाथि लगाइएको आरोप पुष्टि नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा पुनः आइतबार शर्मा अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

  • July 31, 2022 प्रकाशित
  • सम्बन्धित