६२० जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु
  • मूलधार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको छ । २४ घण्टाको अवधिमा थप १ जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।

आइतबार थप कोरोना संक्रमितको संख्यासँगै कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् भने ४ हजार ४२४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै, १४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ । आइतबार थप कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २९ हजार २२९ पुगेको मन्त्रालयले जनाएको छ ।

  • July 31, 2022 प्रकाशित
  • सम्बन्धित