भूकम्पले भोजपुरमा घर भत्कियो
  • मूलधार

भोजपुर । भूकम्पबाट भोजपुरमा एउटा घर भत्किएको छ । खोटाङ केन्द्र विन्दु भएर आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २०७२ सालमा गएको भूकम्पबाट चर्किएको सो घर जीर्ण बनेको थियो । यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

  • July 31, 2022 प्रकाशित
  • सम्बन्धित