मापसे गरेर स्कुल बस चलाएपछि…
  • मूलधार

काठमाडौं । ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो ।

अभियानलाई निरन्तरता दिने क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो । १६ मध्ये पाँचवटा बसका चालक मादक पदार्थ सेवन (मापसे) गरेर कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

  • July 31, 2022 प्रकाशित
  • सम्बन्धित