थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु
  • मूलधार

काठमाडौं । पछिल्लो २४ घण्टामा एकै दिन थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २८२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ हजार ४७४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । थप कोरोना संक्रमितसँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २८ हजार १७१ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणका कारण २ एकको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६४ पुगेका छन् ।

  • July 29, 2022 प्रकाशित
  • सम्बन्धित