बाबुरामले आयोगमा दर्ता गरे ‘नेपाल समाजवादी पार्टी’, चुनाव चिन्ह ‘आँखा’
  • मूलधार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएको डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ । सो समूहले आज निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गराएको हो ।

आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरिएको डा. भट्टराई निकट नेता रमेश पोखरेलले जानकारी दिए। “यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको छ । सो पार्टीले आज वैधानिकता पाएको छ”, उनले भने।

सो पार्टीको निर्वाचन चिह्न आँखा रहेको छ । पार्टीको पहिलो बैठकबाट पदाधिकारी टुङ्ग्याउने उनले बताए। “एक/दुई दिनमै पार्टीको बैठक बस्छ, त्यसले नेतृत्वसहित पदाधिकारीको टुङ्गो लगाउँछ”, नेता पोखरेलले भने।

  • July 28, 2022 प्रकाशित
  • सम्बन्धित