भूपू गोर्खा सैनिकहरुको समस्या राष्ट्रको समस्या हो : सुदन किराती
  • मूलधार

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सुदन किरातीले बिहीबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भूपू गोर्खा सैनिकहरुको समस्या उठान गरेका छन् ।

बैठकमा सांसद किरातीले भूपू गोर्खा सैनिकहरु समस्या केवल उनीहरुको मात्र नभएर सरकारको र समग्र राष्ट्रको समस्या भएको बताए ।

उनले भने, ‘बेलायतका भूपू गोर्खा सैनिकहरु समस्या छन् । त्योभन्दा बढी सिंगापुरका भूपू गोर्खाहरु अन्यायमा छन् । यो गोर्खा सैनिकहरुको मात्र सवाल होइन यो नेपाल सरकार र समग्र राष्ट्रको समस्या हो ।’

सांसद किरातीले भूपू गोर्खा सैनिकको समस्या हल गर्नका लागि सरकार र प्रतिपक्ष सबै लाग्नु पर्नेमा पनि जोड दिए । साथै, संसदको पाँच वर्ष कार्यकाल सुखद नरहेको पनि सांसद किरातीले बताए ।

यसैगरी सांसद किरातीले आफू सदस्य रहेको समितिको समेत आलोचना गरे । उनले भने, ‘देशको कार्यकारी प्रधानमन्त्रिले आफ्नै निवासमा चार घण्टा अन्य राष्ट्रको गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गर्दा समेत नजर अन्दाज गयौँ । एउटा पनि बैठक बोलाउने हैसियत राखिएन, त्यसैले यो समिति पूर्वाग्राही भयौँ ।’

सांसद किरातीले एसपीपी लागू नगर्ने भनेर सरकारले गरेको निर्णय तत्काल चिठी पठाएर संसदबाट जनतालाई जानकारी गराउनुपर्ने पनि बताए ।

  • July 28, 2022 प्रकाशित
  • सम्बन्धित