काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४ हजार ४५४ जनामा स्वास्थ्य परीक्षण गर्दा ५४६ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र एक हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले २४ घण्टामा कोरोनाबाट एकजनाको मृत्यु भएको पनि जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ भने हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको मन्त्रालयले जनाएको छ ।