काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्ड बैठक बसेर एसईईको नतिजा सार्वजनिक गरिएको हो ।
यस वर्ष (२०७८) को परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी छन् । परीक्षामा सहभागीमध्ये ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।
बुधबार बोर्डले एसईईको नतिजा सार्वजनिक गरेसँगै परीक्षार्थीले बोर्डको वेबसाइटमाब गएर पनि नतिजा हेर्न सकिने छ । साथै, परीक्षार्थीले एसएमएस र आइभीआरबाट पनि हेर्न सक्नेछन् ।
यसैगरी परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जनाएको छ ।
कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने भौतिक उपस्थितिमै बोर्डले परीक्षा सञ्चालन गरेको थियो ।