सगरमाथाको उचाई बढाउने नेपथ्यका नायक अर्थात् छिरिङ जाङ्बु शेर्पा (भिडियाे)
  • मूलधार

छिरिङ जाङ्बु शेर्पा, नेपथ्यका नायक हुन् । जो नेपथ्यपछाडि बसेर सधैँ देशलाई उचाइमा पुर्याइरहे । उनकै अगुवाइमा सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८८४८.८६ मिटर पुग्यो । हो, सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बढ्यो तर आफ्नो उचाई कति चुलियो त्यो भने छिरिङलाई पत्तो छैन । उनकै अगुवाइमा हिमालका फोहोर सरसफाई ‘क्लिनिङ क्याम्पेन’ अघि बढ्यो । उनकै अगुवाइमा नेपालमा स्की खेल भित्रियो । छिरिङ सदैव राष्ट्रकै विकासको सपना देखिरहे । तर, जति सपना देखिइरहे उति उनले राज्यबाट बेवास्ता खेपिरहे ।

नेपालमा पहिलोपटक स्की भित्राउन छिरिङ नेपालमा स्की खेलको सम्भावना र दीर्घकालीन अवसरको बाटो पहिल्याइरहे तर सरकारले ध्यान दिएर सुनेर अन्त्यमा स्की भने ‘चिप्लेटी’ न हो भन्ने उत्तर दियो । तैपनि उनी अझैँ अथक छन् । आज तिनै छिरिङ अझैँ पनि मनमा एक मूठी साहस साँचेर नेपालमा पर्यटनकै सपना बोकिइरहेका छन् ।

अन्तर्राष्ट्रिय गाइडसमेत रहेका छिरिङ अहिले अल्पाइन शेर्पा गाइड ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि. चलाएर बसेका छन् । अब उनी आफ्ना बाँकी अपूरा र अधुरा सपना यहिँ कम्पनीबाट पूरा गर्न चाहन्छन् । पर्यटन (टुरिजम) भनेको समय भनेर अथ्र्याउने उनै लेखक, प्रशिक्षक, पर्वतारोही, अन्तर्राष्ट्रिय गाइड छिरिङ जाङ्बु शेर्पालाई आजको ‘मूलधार बहस’मा आज हामीले निम्त्याएका छौँ, उनै छिरिङ जाङबु शेर्पालाई । प्रस्तुत छ मूलधार बहसका लागि कार्यक्रम प्रस्तोता सुदिप राईले लिएको अन्तर्वार्ता ।

  • July 26, 2022 प्रकाशित
  • सम्बन्धित