चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
  • मूलधार

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

स्थानीय निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गरेका केसीलाई देउवा सरकारले बार्डको अध्यक्षमा नियुक्त गरेको छ । भुवन केसी २३ अगस्ट १९५७ मा काठमाडौंमा जन्मिएका हुन् । उनले अहिलेसम्म सयौँ चलचित्रमा अभिनय गरेका छन्। उनी नेपाली चलचित्र क्षेत्रको एक चर्चित नायक तथा चलचित्र निर्माता पनि हुन् ।

याे पनि :

  • July 25, 2022 प्रकाशित
  • सम्बन्धित