श्रीमतीको हत्या गरेर तीन तलामाथिबाट हामफाल्दा श्रीमानको पनि मृत्यु
  • मूलधार

The dead man's body. Focus on hand

चितवन । घरायसी विवादमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घरबाट भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० रमाइलोचोकस्थित आफ्नै घरमा ३५ वर्षीया श्रीमती रुस्मा आचार्यलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर तीन तलामाथिबाट श्रीमान् ४३ वर्षीय कृष्णप्रसाद आचार्य हामफालेका थिए।

घरबाट हामफालेका कृष्णप्रसादको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

लामो समय विदेश बसेर हालै फर्किएका कृष्णले घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।

शनिबार राति करिब १०ः२५ बजेतिर खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि रुष्मालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर लगिएको थियो। उनलाई अस्पतालले राति १०ः४० बजेतिर मृत घोषणा गरेको थियो।

खुकुरी प्रहार लगत्तै तेस्रो तलाबाट हाम फालेका कृष्णलाई भने चितवन मेडिकल कलेज लगिएको थियो। बरण्डाबाट सडकतिर हाम फालेका उनको सडकपेटीमा बजारिएर टाउकोमा गम्भीर चोट लागेको थियो।

  • July 25, 2022 प्रकाशित
  • सम्बन्धित