मण्डलामा ‘खुवालुङ’ ढुङ्गाको बाटो…(तस्वीर)
  • मूलधार

काठमाडौं । किरात समुदायको सभ्यताको प्रतीक मानिने ‘खुवालुङ’ ढुंगाको बाटो काठमाडौंको थापागाउँमा रहेको मण्डला नाटकघरमा साउन ६ गतेदेखि नियमित मञ्चन भइरहेको छ ।

राजन मुकारुङको लेखन र किरण चाम्लिङको निर्देशनमा बनेको खुवालुङ नाटक आगामी साउन २९ गते (सोमबारबाहेक)सम्म मञ्चन हुनेछ । शुक्रबार र शनिबार दिउँसो १ बजे र साँझ ५ : १५ बजे नाटक मञ्चन हुनेछ भने अन्य दिन ५ : १५ मा नाटक मञ्चन हुनेछ ।

नाटकमा पशुपति राई, मानङ लावती, इंगीहोपो कोइँच सुनुवार, संयोग गुरागाईं, अनु थापा, सबिना थापा क्षेत्री,, प्रशंसा गुरुङस, दिपा सुहाङ्ग लिम्बू,मणि कुलुङ राई, मानहाङ लावती, युवहाङ राई, वेदना राई, सविना थापा, सरा लोहोरुङ राई, रोशनी स्याङ्बो, सुरज यादव, रमिला मोक्तान, विनोद प्रकाश धामीसहित २७ जना कलाकारको अभिनय देख्न सकिन्छ ।

नाटकमा किरातीहरुको सभ्यतालाई केन्द्रमा राखिएको छ । दूधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीको जलाशयमा रहेको विशाल ढुङ्गा ‘खुवालुङ’ किरातीहरुको सभ्यताको केन्द्र मानिएको छ । जस्लाई मुन्दुमी मान्यता र विश्वासका रुपमा लिने गरिन्छ । र, त्यहिँ खुवालुङबाट किराती दाजुभाइ छुटिएको किंवदन्ती अझैँ छ ।

यहिँ कथालाई उनेर लेखक मुकारुङले नाटक लेखेका छन् । लेखक मुकारुङ खुवालुङ नाटकमा ढुंगामात्र देखाउनमात्र नखोजिएर राज्यलाई झकझक्याउनका लागि नाटक ल्याइएको बताउँछन् ।

तत्तकालीन केपी ओलीको सरकार हुँदा क्रेन लगाएर खुवालुङलाई फुटाएर जेट बोट चलाउने निधो गरेको थियो । सरकारको उक्त कदमविरुद्ध लेखक मुकारुङको अगुवाईमा विरोध प्रदर्शन व्यापक गरिएको थियो ।

  • July 24, 2022 प्रकाशित
  • सम्बन्धित