पाल्पामा बस दुर्घटना : ६ को घटनास्थलमै मृत्यु, १७ जना घाइते
  • मूलधार

बुटवल । पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा साँझ ५ बजे दुर्घटना भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

हालसम्म मृतक र घाइते कसैको पनि नाम खुल्न नसकेको उनी बताउँछन् । । उनका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन्छ। घाइतहरुको उपचारका लागि तानसेन अस्पताल लगिएको उनले जानकारी दिए ।

  • July 24, 2022 प्रकाशित
  • सम्बन्धित