राजीनामा दिएको २ घण्टा नबित्दै पुबुदु क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त
  • मूलधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको २ घण्टा नबित्दै पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् ।

नेपाली टिमबाट राजीनामा दिएको केही बेरमै क्रिकेट क्यानडाले आधिकारिक फेसबुक पेजमार्फत पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएको भन्दै बधाई दिएको हो ।

दोस्रो कार्यकालका गत मंसिरमा नेपाल क्रिकेट संघ क्यानसँग दुई वर्षे सम्झौता गरेका पुबुदुले बुधबार ३ बजे पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएका थिए । सम्मेलनमा उनले व्यक्तिगत समस्याका कारण पदबाट राजीनामा दिएको बताएका थिए ।

 

  • July 20, 2022 प्रकाशित
  • सम्बन्धित