काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ३ हजार ९८१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२ हजार ५६२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ४० जना र १ हजार ४१९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
थप कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार ५४१ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार १७२ पुगेको छ ।