क्रिकेटको मुख्य प्रशिक्षकबाट पुबुदुले दिए राजीनामा
  • मूलधार

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिएका छन् ।बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले मुख्य प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

उनले सम्मेलनमा भने, ‘मेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैले सम्हाल्नुपर्छ । त्यसैले म यो राजीनामा दिँदा दुखित छु ।’

नेपाल क्रिकेट संघ (क्यान)ले दसानायकेलाई गत मङ्सिरमा क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा एक वर्षका लागि नियुक्त गरेको थियो ।

 

  • July 20, 2022 प्रकाशित
  • सम्बन्धित