इच्छाराज तामाङकी श्रीमती सिर्जना पक्राउ
  • मूलधार

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमतीलाई पक्राउ गरेको छ ।

मंगलबार सीआईबीले ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

बचतकर्ताको रकम हिनामिना गरेपछि इच्छाराज पक्राउसँगै हाल थुनामा रहेका छन् । श्रीमान पक्राउसँगै थुनामा रहँदा सीआईबीले यस काण्डमा मुछिएकी श्रीमती सिर्जनाको पनि खोजी गरिरहेको थियो । तर, उनी फरार रहँदै आएकी थिइन् ।

सिभिल सहकारीमा बचतकर्ताको पाँच अर्बभन्दा बढी रकम हिनामिनामा सिर्जनासहित १२ जना प्रतिवादी सहभागी रहेका छन् । सीआईबीले त्यही कसूरमा फरार रहेकी उनलाई पक्राउ गर्न सफल भएको छ । हाल पूर्वसांसद समेत रहेका इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ थुनामा रहेका छन् ।

  • July 19, 2022 प्रकाशित
  • सम्बन्धित