नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु
  • मूलधार

काठमाडौं । केयर गिभर (स्याहार केन्द्र) का लागि नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु भएको छ ।

इजरायल श्रमिक पठाउन गत फागुनदेखि रोकिएको प्रक्रिया अब साउन ८ र ९ गतेदेखि सुरु हुन लागेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार साउन ८ र ९ गते नेपालबाट १ सय जना नेपाली कामदार इजरायल जाँदैछन् । १ सय जना कामदारको भिसासहित राहदानी काठमाडौंस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट प्राप्त भइसकेको विभागले जनाएको छ ।

इजरालय जानका लागि कामदारलाई आफ्नो राहदानी बुझ्न, उडान समूहमा नाम समावेश गराउन, कोरोनाविरुद्धको खोप कार्ड बुझाउन साउन ४ गतेका लागि समय निर्धारण गरेको छ । हवाई भाडा ५९ हजार ९९० रुपैयाँ तोकिएको छ ।

इजरायल जाने कामदारले उडानअघि ७२ घण्टाभित्र पीसीआर परीक्षण गराएको हुनुपर्नेछ । परीक्षणमा नेगेटिभ आएकाहरु मात्र इजरायल उड्नेछन् ।

 

  • July 19, 2022 प्रकाशित
  • सम्बन्धित