थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि
  • मूलधार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जना गरि ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार थप कोरोना संक्रमितसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।

हाल १ हजार ८६५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै, ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको मन्त्रालयले जनाएको छ ।

  • July 19, 2022 प्रकाशित
  • सम्बन्धित