अपराधीझैँ व्यवहार गरिएको भन्दै राप्रपाका चार नेताले छाडे पार्टी
  • मूलधार

काठमाडौं । पार्टीमा अपमान सहनुपरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी छाडेका छन्।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाका दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेका हुन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाभित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नभएका कारण आजैका मितिदेखि हामी साधार सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएका छौँ ।’

गत बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनीहरुमाथि पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाइएको थियो ।

  • July 19, 2022 प्रकाशित
  • सम्बन्धित