काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा लेदोसहितको ग्यास निस्किएको छ ।
जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्दा मंगलबार बिहान साढे १० बजेदेखि निस्किएको लेदोसहितको ग्यास निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको हो ।
प्रहरी वृत्त बौद्धका अनुसार ग्यास मिसिएको लेदोसहितको माटोले जोरपाटी चोक हिलाम्ये भएको छ । बोरिङ खनिएको वरपर २० घर ग्यास मिसिएको लेदोको माटोले ढाकिएको छ । त्यस क्षेत्र हिँडडुल गर्ने सर्वसाधारणलाई सास्ती भएको छ ।