प्रदेश १ को नाम जुराउन सर्वदलीय बैठक आह्वान
  • मूलधार

विराटनगर । प्रदेश नम्बर १ को नामाकरणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका प्रदेशको नामाकरण गर्न बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजेको लागि बोलाइएको बताइएको छ ।

सोमबार किरात राई यायोक्खाले प्रदेश नं.१ को नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्रीको कार्यालय र प्रदेश सभा घेराउ गरेको थियो ।

यायोक्खाले पहिचानका आधारमा प्रदेशको नाम किरात राख्नुपर्ने दबाबसहित मुख्यमन्त्रीको कार्यालय घेराउ गर्नुको साथै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ ।

सातमध्ये ६ प्रदेशको नाम र राजधानीको टुङ्गो लागिसकेको छ । तैपनि प्रदेश १ को नामाकरण गर्न दलहरुबीच सहमति जुटेको छैन । पहिचान र भूगोलको आधारमा दलहरु रुमलिइरहेका छन् ।

  • July 18, 2022 प्रकाशित
  • सम्बन्धित