यायोक्खाले मुख्यमन्त्रीको कार्यालय घेराउ गर्दा देखिएको दृश्य (तस्वीर)
  • मूलधार

विराटनगर । प्रदेश नं. १ को नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै किरात राई यायोक्खाले मुख्यमन्त्रीको कार्यालय र प्रदेश सभा घेराउ गरेको छ ।

प्रदेश १ को नामाकरणको विषय पेचिलो बन्दै गइरहेको बेला पहिचानका आधारमा प्रदेशको नाम किरात राख्नुपर्ने दबाबसहित सोमबार यायोक्खाले विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालय घेराउ गरेको हो ।

मुख्यमन्त्रीको कार्यालय घेराउ गर्नुको साथै यायोक्खाले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ । यायोक्खाका अध्यक्ष दिवस राईको टोलीले प्रदेश–१ को नाम ‘किरात प्रदेश’ राख्नुपर्ने माग गर्दै मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएको छ।

‘किरात’ प्रदेश नराखिए ठूलो लडाइ हुन्छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम ‘किरात’ नराखे देश विखण्डनमा पुग्नुका साथै ठूलो लडाइ पनि हुन सक्ने बताएका छन् ।

सोमबार किरात राई यायोक्खाले बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले प्रदेशको नाम ‘किरात’ नराखे देश विखण्डनमा फस्ने र ठूलो लडाइ पनि हुन सक्ने बताए । उनले भने, ‘भोलि कुनै पनि बेला ठूला ठूला लडाइँ झगडाको अवस्था आउने मात्र होइन, भोलि देश नै विखण्डनको अवस्था आउनसक्छ ।’

मुख्यमन्त्री राईले मधेस प्रदेश राख्दा हुने तर किरात प्रदेश राख्दा किन नहुने भन्ने प्रश्नसमेत गरेका छन् । ‘मधेश प्रदेश राख्दा केही बिग्रिएको छ त ? दिँदा केही बिग्रिँदैन, तर नदिँदा यहाँ अशान्ति हुन्छ, मान्छे असन्तुष्ट हुन्छ, विद्रोहको भावना आउँछ भने त्यो किन नदिने ? त्यस्तो मूर्खता कुरा पनि गर्ने हो ?,’ उनले भने ।

  • July 18, 2022 प्रकाशित
  • सम्बन्धित