थप १३५ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्‍यु
  • मूलधार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जना जना गरि कूल ३ हजार ४१ जनाको स्वास्थ्य परीक्षण गर्दा १३५ जनामा संक्रमण देखिएको हो ।

यस अवधिमा कोरोनबाट एकजनाको मृत्‍यु भएको पनि मन्त्रालयले जनाएको छ । आइतबार थप कोरोना संक्रमितसँगै कोरोना संक्रमितको संख्या कुल संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५३ पुगेको मन्त्रालयले जनाएको छ ।

  • July 17, 2022 प्रकाशित
  • सम्बन्धित