भारत लगेर सडक बालबालिकाको मिर्गौला बेच्‍ने ५ पक्राउ
  • मूलधार

काठमाडौं । काठमाडौंका सडकपेटीकाका बालबालिकालाई ललाईफकाई भारत पुर्याएर बालबालिकाको मिर्गाैला बिक्री गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गत १५ गते धुपेन्द्र शाही, विजय कुँवर, विमलबहादुर शाही र पछि विधान, हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका र छोटे भनेर चिनिने आशिष तामाङलाई २८ गते नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।

असार १५ गते बालबालिकालाई भारतको कोलकता लैजानका लागि तयारी गरिरहेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धान सुरु गर्दा रोका र तामाङ फरार रहेका थिए । उनीहरुलाई प्रहरीले २७ गते पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार गिरोहको नाइके धनबहादुर रहेका छन् । धनबहादुरले नै मिर्गौला ग्रहणकर्तासँग मोलमलाई गर्ने गर्दै आएका थिए ।

साथै, धनबहादुर र विमलले आफ्नो एउटा मिर्गौला भारतमा बेचेको पनि खुलेको छ । दुवैले आफूहरुले पनि मिर्गौला बेचेर आर्थिक आर्जन गरेको भन्दै प्रलोभनमा पारेर बालबालिकालाई पनि फकाउने गर्ने गरेको पनि खुलेको छ ।

  • July 17, 2022 प्रकाशित
  • सम्बन्धित