वाम एकता गर्न ढिलो नगरौँ, नत्र पछुताउनु पर्ला : नारायणकाजी
  • मूलधार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम तालमेल र एकता अहिलेको आवश्यकता भएको बताएका छन् । आइतबार सामाजिक सन्जालमा आफ्नो धारणा व्यक्त गर्दै त्यसका लागि सबै इमान्दार भएर अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

उनले सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राजनीतिलाई व्यक्ति वा समूह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो । त्यसका निम्ति सम्बन्धित सबैले गम्भिर आत्मालोचक भावसहित इमान्दार अग्रसरता देखाउनुपर्छ’ बेलैमा बुद्धि पु¥याऔं, नत्र धेरै ढिलो भैसकेको हुन सक्नेछ । त्यसबेला पछुतोमात्र बाँकी होला कि ! समयमै सोचौं ।’

  • July 17, 2022 प्रकाशित
  • सम्बन्धित