उपसभामुखमा गठबन्धनकी पुष्पा भुसाल निर्वाचित
  • मूलधार

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन् ।

शुक्रबार संसदमा भएको मतदानमा भुसालले १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन् ।

भुसालकी प्रतिस्पर्धी नेकपा एमालेकी विद्या भट्टराईले ९३ मत पाइन् । संसदमा उपस्थित २४२ सांसदमध्ये १ जना सांसदले मत हालेनन् ।

  • July 15, 2022 प्रकाशित
  • सम्बन्धित