गभर्नर अधिकारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा
  • मूलधार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

शुक्रबार सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठनबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीको राजनीतिक संलग्नता देखिएको उल्लेख गर्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

यही असार २६ गते नेकपा (एमाले)ले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) मा अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका ‘एम अधिकारी’को नाम रहेको छ । उक्त एम अधिकारी नामको व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको समाचार सार्वजनिक भइरहेका अवस्थामा तीब्र रुपमा उनको राजीनामा माग हुँदै आएको छ ।

गठनबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले गभर्नरको राजनीतिक संलग्नता देखिएको विषय उठाएका छन्।

  • July 15, 2022 प्रकाशित
  • सम्बन्धित