प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न एमाले र कांग्रेस तगारो बने : प्रचण्ड
  • मूलधार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर १ लाई किरात प्रदेश राख्न नेकपा एमाले र नेपाली कांग्रेस तगारो बनेको बताएका छन् ।

बिहीबार आदिवासी किरात महासंघ, केन्द्रीय समितिको टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले प्रदेश १ को नामाकरणमा माओवादीको अडान ‘किरात प्रदेश’ नै भए पनि यसमा एमाले र कांग्रेस तगारो बताएका हुन् ।

प्रचण्डको भनाइ उद्धृत गर्दै भेटमा सहभागी भएका आदिवासी किरात महासंघका एक सदस्यले भने, ‘उहाँले प्रदेश १ को नाम किरात प्रदेश नै हुनुपर्छ भन्ने माओवादीको अडान रहेको छ । तर, यसमा एमाले र कांग्रेस तगारो बनिरहेका छन् ।’

अध्यक्ष प्रचण्डले प्रदेश १ को नाम किरात प्रदेश नै राख्ने माओवादीको एजेण्डा रहेको पनि बताएका छन् । आदिवासी किरात महासंघ प्रचण्डलाई भेट्न माओवादीको पार्टी कार्यालय पेरिस डाँडा पुगेको थियो ।

 

 

  • July 14, 2022 प्रकाशित
  • सम्बन्धित