भृकुटीमण्डपको ह्वील चेयरको गोदाममा आगलागी, आगो निभाउन सकस (तस्वीर)
  • मूलधार

काठमाडौं । बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको ह्वील चेयरको गोदाममा आगलागी भएको छ ।

अहिले काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने कोसिस गरिरहेको छ । तैपनि, आगो निभाउन सकिएको छैन ।

काठमाडौं महानगरको दमकलले मात्र आगो नियन्त्रणमा लिन नसकेपछि ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिने कोसिस भइरहेको छ । आगलागी कसरी भयो भन्नेबारे विस्तृत समाचार आउन बाँकी रहेको छ ।

 

  • July 13, 2022 प्रकाशित
  • सम्बन्धित