गभर्नर एमालेको अर्थ विभाग सदस्य, छानबिन गर्न संसदमा माग
  • मूलधार

काठमाडौं । प्रतिनिधि सभामा गभर्नर महाप्रसाद अधिकारीबारे छानविन गर्न माग उठेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठमा नेकपा (माओवादी केन्द्र)ले गभर्नर अधिकारीमाथि छानबिन गर्न माग गरेको हो ।

नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ । संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी हुन् ।

उनले भनिन्– ‘देशको अर्थतन्त्र बिग्रँदो अवस्थामा छ भन्ने चर्चा भइरहेको छ । राष्ट्र बैंक जस्तो गरिमामय संस्था सम्हाल्ने प्रमुख व्यक्ति गर्भनर महाप्रसाद अधिकारी कुनैपनि राजनीतिक दलमा आवद्ध हुन नपाउने राष्ट्र बैंक ऐन र कर्मचारी नियमावली विपरित नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा योजना तथा अर्थ विभागका सदस्य जुन एम अधिकारी खोटाङ भनेर नाम आएको छ, ती एम अधिकारी राष्ट्र बैंकका गभर्नर हुन् भन्ने विषयले पनि ठूलै चर्चा पाएको छ ।’

 

  • July 13, 2022 प्रकाशित
  • सम्बन्धित