काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ हजार २० जनामा परीक्षण गर्दा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टाको अवधिमा ३७ जना कोरोना संक्रमण मुक्त भएको पनि मन्त्रालयले जनाएको छ । हाल ७७० जना कोरोनाका सक्रिय संक्रमित अस्पतालमा रहेका छन् ।
मन्त्रालयका अनुसार हाल ७४९ जना होम आइसोलेसनमा रहेका छन् भने २१ जना संस्थागत आइशोलेशन र १२ जना आईसीयूमा छन् ।
यसैगरी एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ भने नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार १२४ पुगेको मन्त्रालयले जनाएको छ ।