नेप्सेमा ७७.०१ अंकको गिरावट
  • मूलधार

काठमाडौं । सोमबार सेयर बजारमा ७७.०१ अंकको गिरावट आएको छ । ३.८६ प्रतिशले ओरालो लागेको नेप्से १९१५.६१ अङ्कमा झरेको छ ।

कारोबारको प्रारम्भबाटै ओरालो लागेको सेयर बजारमा कुल २२७ कम्पनीको कारोबार भएको छ । आज २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै, ४५ हजार १९६ पटक गरिएको कारोबारबाट ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच भएको छ । सबै उपसमूहको सेयर मूल्य घट्दा सबैभन्दा धेरै जलविद्युत, व्यापार र तथा वित्त कम्पनीका लगानीकर्ताले घाटा व्यहोर्नुपरेको छ ।

सोमबार सानिमा डिभेन्चरको मूल्य सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ । बीओके डिभेन्चर, गुडविल फाइनान्स डिभेन्चरको मूल्य समेत धेरै बढ्ने सूचीमा रहेको देखिन्छ ।

यसैगरी ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको मूल्यमा नेगेटिभ सर्किट लाग्दा किसान लघुवित्त, ग्लोबल आईएमई समुन्नत, हिमालयन पावरसहितको सेयर मूल्यमा गिरावट आएको छ ।

  • July 11, 2022 प्रकाशित
  • सम्बन्धित