ढिलो चाँडो पुग्ने श्रीलंकाकै स्थितिमा हो : नारायणकाजी श्रेष्ठ
  • मूलधार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देशको अवस्था यसरी नै अघि बढ्ने हो भने ढिलो वा चाँडो आर्थिक रुपमा फसेको श्रीलंकाकै स्थितिमा पुग्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् श्रेष्ठले भ्रष्ट–स्वार्थी राजनीतिको बोलवाला, आसेपासे एवं दलालीकृत सत्ता, प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो नेपाल पनि श्रीलंकाकै स्थितिमा पुग्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार–सिद्धान्त एवं मुल्यविहीन भ्रष्ट– स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा पुर्‍याउने त्यतै हो ।’

 

  • July 10, 2022 प्रकाशित
  • सम्बन्धित