सगरमाथाको ढुंगा लिएर माल्दिभ्स गएका सरकारी कर्मचारीको ‘ग्र्यान्ड मस्ती’
  • मूलधार

काठमाडौं। माल्दिभ्स पुगेर बुधबार माल्दिभ्सका पर्यटन मन्त्री डा.अब्दुल्ला मौसमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेशसुरस श्रेष्ठ नेतृत्वको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको ढुंगा हस्तान्तरण गरेको छ ।

अहिले सहसचिव श्रेष्ठको टोली माल्दिभ्सका पर्यटन मन्त्री डा.अब्दुल्ला मौसमलाई सगरमाथाको ढुंगा बुझाएपछि माल्दिभ्सको टापुमा ‘ग्र्यान्ड मस्ती’ गरिरहेको छ । मन्त्रीको टोलीजस्तै सचिवको जम्बो टोली माल्दिभ्समा छ । साथै, माल्दिभ्सको भ्रमणसँगै दैनिक भत्ता पनि कर्मचारीले पाउने छन् ।

नेकपा एमालेनिकट निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष एवं नेकपा एकीकृत समाजवादीनिकट एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रिय संयोजक मोहन घिमिरेको फेसबुक प्रोपाइल हेर्दा सरकारले सगरमाथाको ढुंगाको प्रचार गर्न कर्मचारीलाई राम्रै खर्च गरेको देखिन्छ । सरकार आफैँले राज्यको ढुकुटीको मितव्ययीता, अत्यावश्यक कामबाहेक बाहिर जान बन्देज गरेको छ । तर, आर्थिक वर्षको बजेट (असारमासमा बजेट सकाउन) सकाउन पर्यटन मन्त्रालयको संस्कृति महाशाखाका सहसचिवको टोली भने सगरमाथाको ढुंगा लिएर माल्दिभ्स भ्रमणमा रहेको सीधै बुझ्न सकिन्छ ।

अहिले घिमिरेले माल्दिभ्स पुगेपछि दैनिकजसो मस्ती गरिरहेको तस्वीर पोष्ट्याइरहेका छन् । घिमिरे ति व्यक्ति हुन् जो विभिन्न समयमा पटकपटक विदेश भ्रमण गइरहन्छन् । पर्यटन मन्त्रालयमा १५ वर्षदेखि राज गर्दै आएको उनी मन्त्रालयमा काम होइन नेतागिरी गर्छन् । कर्मचारीको सरुवा बढुवा गरेर आफू मन्त्रालयमै रमाउने उनी गाडी चढ्छन् जबकि सहसचिवले कार चढ्ने हैसियत राख्दैन ।नियमअनुसार सहसचिव र सो भन्दा माथिको कर्मचारीलाई गाडी सुविधा हुन्छ तर अधिकृत तहका घिमिरे भने सरकारी गाडीमा हुइँकिन्छन् ।

उनको फेसबुक चहार्दा यस्तो लाग्छ– सरकारी कर्मचारी भनेको काम गर्ने होइन खाली घुम्ने, नेतागिरी गर्ने नै रहेछ ! सरुवा बढुवा भएपछि निकट कर्मचारी खुसी पार्ने र माथिल्लो ओहोदामा सेटिङ मिलाएर आफू पनि मन्त्रालयमै घुम्ने मोहनको काइदा मन्त्रालय पुग्ने जोकोहीले देख्न पाइन्छ ।

अहिले माल्दिभ्स पुगेको यहिँ घिमिरे सम्मिलित टोलीको उद्धेश्य हो– पर्यटन प्रवद्र्धन । अझ भनौँ सगरमाथाको ढुंगो पुर्याएर नेपाल र माल्दिभ्सबीचको मित्रतालाई अझ दरिलो बनाउने ।

 

  • July 8, 2022 प्रकाशित
  • सम्बन्धित