निता र हरिहरले कसे लगनगाँठो
  • मूलधार

काठमाडौं । ४ वर्षको प्रेम सम्बन्धलाई अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारीले लगनगाँठोमा परिणत गरेका छन् ।

शुक्रबार दरबारमार्गस्थित होटल याक एन्ड यतिमा चार वर्षे प्रेम सम्बन्धलाई दुवैले लगनगाँठोमा परिणत गरेका हुन् ।

वैवाहिक समारोहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ सहभागी रहेका थिए ।
दुई दिनअघि निता र हरिहरले मेहेन्दी समारोह आयोजना गरेका थिए । मेहेन्दी समारोहमा अभिनेत्री रेखा थापालगायत सहभागी थिए ।

आइतबार निता र हरिहरले होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी आयोजना गर्ने भएका छन् ।

 

  • July 8, 2022 प्रकाशित
  • सम्बन्धित