मेयरको लागि किनिएको स्कोर्पियो बेचेर धरान भरिका खाल्डा टाल्छु : हर्क साम्पाङ
  • मूलधार

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क राई (साम्पाङ) ले मेयरका लागि किनिएको स्कोर्पियो गाडी बेचेर सडकको खाल्डो टाल्ने रोलर मेसिन किन्ने विचार व्यक्त गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साम्पाङले मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको खाल्डा टाल्ने रोलर मेसिन किन्ने विचार व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो ! आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ ! जय धरान !’

  • July 7, 2022 प्रकाशित
  • सम्बन्धित