काठमाडौं। बिहीबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२५ सदस्यीय पोलिटब्यूरो गठन गरे ।
पोलिटब्यूरो सदस्यमा छोरी, बुहारीसम्म अटाएका छन् । छोरी, बुहारी, भाइ पोलिटब्यूरो सदस्यमा अटाउँदा प्रतिनिधिसभा सदस्य सुदन किरातीको नाम सूचीमा उल्लेख छैन । पोलिटब्यूरोको सदस्य सूचीमा अध्यक्ष प्रचण्डसहित छोरी रेनु दाहाल, बुहारी वीना मगर र भाइ नारायण दाहाल पोलिटब्यूरो सदस्य रहेका छन् ।
पार्टीमा रहेर सशक्त भूमिका निर्वाह गरिरहेका किरातीलगायत क्षमतावान नेताहरु पोलिटब्यूरो सदस्यमा नपरेपछि बैठक हलमा विरोध भएको छ । विरोधसँगै १ घण्टाका लागि बैठक स्थगित गरिएको छ ।
१२५ सदस्यीय पोलिटब्यूरो गठनसँगै प्रचण्डले सबैको नाम वाचन गरेका थिए । तर, सहभागी नेताहरुले के का आधारमा पोलिटब्यूरो सदस्य बनाइएको भन्दै विरोध सुरु गरेका थिए । बैठक हलभित्र विरोध मत्थर नभएपछि एक घण्टाका लागि बैठक स्थगित भएको छ ।