पोलिटब्यूरो गठनमा विवाद भएपछि माओवादीको बैठक १ घण्टाका लागि स्थगित
  • मूलधार

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२५ सदस्यीय पोलिटब्यूरो गठनमा विवाद सिर्जना भएपछि केन्द्रीय समिति बैठक १ घण्टाका लागि स्थगित गरिएको छ ।

बिहीबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा जारी बैठकमा अध्यक्ष प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो गठनमा सहभागी नेताहरुले विरोध गरेपछि बैठक १ घण्टाका लागि स्थगित गरिएको हो ।

१२५ सदस्यीय पोलिटब्यूरो गठनसँगै प्रचण्डले सबैको नाम वाचन गरेका थिए । तर, सहभागी नेताहरुले के का आधारमा पोलिटब्यूरो सदस्य बनाइएको भन्दै विरोध सुरु गरेका थिए । बैठक हलभित्र विरोध मत्थर नभएपछि एक घण्टाका लागि बैठक स्थगित भएको छ ।

  • July 7, 2022 प्रकाशित
  • सम्बन्धित